सुनसरी घटनाको विषयमा नवलपरासीमा पनि प्रदर्शन, प्रहरीबीच घम्साघम्सी

  • बिहीबार १४ साउन २०८३ ०६:०१ PM
परासी : सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर नवलपरासीको सदरमुकाम परासीमा पनि बिहीबार प्रदर्शन भएको छ । विश्व हिन्दु परिषद् नेपाल नवलपरासीले परासीको रामजानकी मन्दिरबाट निकालेको जुलसले परासी बजार परिक्रमा गरेको थियो ।   सुनसरी घटनाको छानबिन, दोषीलाई कारबाहीको माग गर्दै निस्केको जुलस बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभा सुरु भएसँगै सडकमा टायर बालेपछि हटाउन पुगेको सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धकेलाधकेलसहित केही समय घम्साघम्सी भएको थियो । प्रदर्शनकारीहरुले प्रतिवाद गरेपछ