मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता सम्पन्न भएको छ।सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम रु. २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहर