काठमाण्डु – सुनसरीबाट सुरु भएको सामाजिक विवाद बढेर फैलिँदै गइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बिहीबारै प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुनसरी सहितका तराई मधेशका विभिन्न स्थानमा तनाव बढेपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको भूमिकालाई लिएर आलोचना भएको छ ।