पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न क्षेत्रमा देखिएको आपसी द्वन्द्व र तनावप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्। निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी सन्देशमा उनले सुनसरीमा भएको घटनाबाट जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य जिल्लासम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।