सिरहा । सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा परेको हो। स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ। आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ । प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ। घाइतेमध्ये एक जनालाई धरान पठाइएको छ । उनलाई सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लाने तयारी गरिएको थियो। यद्यपि होस खुलेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए। आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ