सिरहा : सिरहामा प्रहरीको गोलीबाट घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार घाइते भएका सुभाष ठाकुरलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।उनको अवस्था गम्भीर रहेको छ। सिरहाको गोलबजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर एक जनाको मृत्यु भएको छ। उनको पहिचान खुलेको छैन।