सबै समुदायलाई संयमता अपनाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह

  • बिहीबार १४ साउन २०८३ ०५:०१ PM
काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै समुदायलाई संयमता अपनाउन आग्रह गरेकी छन् । उनले केही दिनयता सुनसरीलगायतका जिल्लामा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयमता अपनाउन आग्रह गरेकी हुन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताउँदै यहाँ विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका समुदायहरू शताब्दीयौंदेखि आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वका साथ बसोबास गर्दै आएको बताएकी छन् । उन