मृतकको शव बाटोमा राखेर सिरहामा स्थानीयको प्रदर्शन

  • बिहीबार १४ साउन २०८३ ०५:०१ PM
सिरहा : प्रहरीको गोली लागेरमा सिरहा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही गाउँपालिका-२ तुलसीपुरका २० वर्षीय गणेश यादव रहेको प्रशासनले जनाएको छ।घटनास्थलमा मृतकका आफन्तहरू पनि पुगेका छन्। मृतकको शव बाटोमै राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। घटनामा अर्का एकजना घाइते भएका छन्। घाइते भएका सुभाष ठाकुरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।