वीरगन्ज : वीरगन्जका अस्पतालहरुमा चार दिनदेखि ठप्प भएको बिरामीको उपचार सेवा सुचारु भएको छ । नारायणी अस्पतालमा आकस्मिक उपचार सेवा बुधबार राति ९ बजेदेखि नै र ओपीडी सेवा बिहीबार बिहानदेखि सुचारु भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए । गत शनिबार अस्पतालमा तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नारायणी अस्पतालसहित यहाँका सबै अस्पतालका चिकित्सकहरु गत आइतबारदेखि आकस्मिकसहितका सबै सेवा ठप्प पार्दै हड्तालमा उत्रिएका थिए । बुधबार काठमाडौंमा नेपाल चिकित्सक संघ र स्वास्थ्य म