प्रहरीको गोलीबाट सिरहामा एकको मृत्यु, एक घाइते

  • बिहीबार १४ साउन २०८३ ०४:०१ PM
सिरहा : प्रहरीको गोली लागेर सिरहामा एक जनाको मृत्यु भएको छ। गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।प्रत्यदर्शीका अनुसार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको घाँटीमा गोली लागेको उनीहरूको भनाइ छ। मृतक र घाइते दुवैको पहिचान खुलेको छैन। सिरहाको गोलबजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोल चलाएको बताइएको छ।