सिरहा: जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिका क्षेत्रका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलन तथा हुलदंगाका कारण शान्ति सुरक्षा भंग हुनसक्ने अवस्था आउने संभावना भएपछि कर्फ्यु लागू गरिएको हो।लहान नगरपालिकाको पूर्वतर्फ बलान खोलादेखि पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा पूर्व-पश्चिम राजमार्गको दक्षिणतर्फ ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू हुनेछ।कर्फ्यु बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्म कायम रहने प्रशासनल