सिरहा– सुरक्षा अवस्था बिग्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् । प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन, प्रदर्शन वा हुलदंगाका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने देखिएकाले