किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

  • बिहीबार १४ साउन २०८३ ०२:१५ PM
काठमाडौं । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति ।  खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ ।  वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदुषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ । प्राकृतिक सौन्दर्यताका बीच बाढी, पहिरो, डुबानजस्ता विपद्सँगै फैलिने विभिन्न सरुवा रोग भने वर्षायामका जोखिमयुक्त पक्ष हुन् ।  यस समयमा बाढी पहिरो र डुबानले खानेपानीलाई प्रदूषित बनाउँछ । वर्षायामसँगै विभिन्न सरुवा रोगको जोखिम पनि बढ्ने गरेको छ । डेङ्गु, झाडापखाला, हैजा, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, फङ्गल सङ्क्रमणलगायतका रोग प्रत्येक वर्ष मनसुनमा बढ्ने भएकाले स्वास्थ्य क्षेत्रको प्रमुख चिन्ताको विषय बनेको छ ।  नेपालमा स्क्रब टाइफस सङ्क्रमण विज्ञान, क्लिनिकल विशेषता, निदान र जटिलताः एक व्यवस्थित समीक्षा (२०२३) ले मनसुन र त्यसपछिको समय स्क्रब टाइफसको उच्च जोखिम अवधि भएको निष्कर्ष निकालेको छ । उक्त अनुसन्धानले नेपालमा स्क्रब टाइफसलाई मनसुन र मनसुनपछिको समयमा बढ्ने महत्वपूर्ण सार्वजनिक स्वास्थ्य समस्याका रूपमा औँल्याएको छ । उक्त स्क्रब टाइफसको सङ्क्रमणसँगै ज्वरो आउने, भोक नलाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, छालामा डाबर आउने, जन्डिस हुनेलगायतका समस्या आउने अध्ययनले देखाएको छ ।   विशेषगरी यस समयमा रोगको निगरानी बढाउने, समुदायमा जनचेतना फैलाउने, छिटो परीक्षण गर्ने र समयमै उपचार उपलब्ध गराउने हो भने सङ्क्रमण, जटिलता र मृत्युदर घटाउन सकिने अध्ययनको निष्कर्ष छ । अध्ययन अनुसार वर्षा र आद्र्रताले त्यस समयमा झाडी तथा घाँस बढी बढाउने, स्क्रब टाइफस सार्ने चिगर (लार्भा माइट) का लागि अनुकूल वातावरण बन्ने, किसान तथा खेतबारीमा काम गर्ने मानिससँग सम्पर्क बढ्ने भएकाले सङ्क्रमणको जोखिम पनि बढ्छ । स्वास्थ्य विज्ञका अनुसार वर्षायामको वातावरण रोग फैलनका लागि अत्यन्त अनुकूल हुन्छ ।  मनसुन सुरु भएसँगै पानी तथा खानाजन्य रोगका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । अस्पतालका निर्देशक डा