काठमाडौं : नेकपा एमालेका सांसद गुरुङप्रसाद बरालले मोरङ–सुनसरीको घटनामा सरकारले गोलीबाट समाधान खोज्न खोज्दा लोकतन्त्रको शीर झुकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद बरालले सरकारको कदमले सुनसरीमा धार्मिक सद्भावमाथि प्रहार भएको र नेपालीहरुले आफ्ना धार्मिक परम्परालाई अनुशरण गर्ने अभ्यासमा प्रहार भएको बताएका छन् ।