काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्न प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने / गराउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको सुरक्षा परिषद्को ४३ औं बैठकले सुनसरीमा भएको घटनाको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागि सबै सुरक्षा निकाय तथा प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्दै प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने / गराउने निर्