काठमाण्डु– जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विज्ञपति जारी गर्दै कर्फ्यु आदेश जारी भएको जानकारी दिएका हुन् । बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको हो । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने