अवस्था तनावग्रस्त बनेपछि सिराहामा कर्फ्यु जारी

  • बिहीबार १४ साउन २०८३ ०८:३५ AM
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्लाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार