देवानगन्ज घटना : अर्का घाइतेको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

  • बिहीबार १४ साउन २०८३ ०८:४६ AM
सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मेहतालाई दिउँसो १:२४ बजे चिकित्सकले