नेकपाको राष्ट्रिय सभा संसदीय दलको सचेतकमा विष्णुबहादुर विश्वकर्मा ‘विकल्प’ नियुक्त

  • बिहीबार १४ साउन २०८३ ०१:२३ PM
 काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय संसदअन्तर्गत राष्ट्रिय सभा संसदीय दलको सचेतकमा विष्णुबहादुर विश्वकर्मा ‘विकल्प’लाई नियुक्त गरेको छ । पार्टीले राष्ट्रिय सभामा संसदीय गतिविधिलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यका साथ विश्वकर्मालाई उक्त जिम्मेवारी दिएको जनाएको छ । नवनियुक्त सचेतक विश्वकर्माले राष्ट्रिय सभा संसदीय दलका सदस्यबीच समन्वय, संसदीय रणनीति कार्यान्वयन तथा दलको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गराउने जिम्मेवारी निर्वाह गर्नेछन् । पार्टीले उनको नियुक्तिसँगै राष्ट्रिय सभामा संसदीय भूमिकालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ ।