नेपालगञ्ज । नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको छ । त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ वटा अस्पतालमा