काठमाडौं : नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुनसरीसहित पूर्वी नेपालमा उत्पन्न परिस्थितिको समाधान संवाद र सहकार्यबाट खोज्नुपर्ने बताएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे।'गत निर्वाचनमा जनताले ठूलो अपेक्षासहित अभिमत दिएका थिए। तर, सरकारका क्रियाकलापले ती अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिनप्रतिदिन परिस्थिति अझ असहज बन्दै जाने हो कि भन्ने चिन्ता ब