काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणमा छानबिनको माग गरेका छन् । प्रतिनिधिसभामा बिहीबार विशेष समय लिएर बोल्दै संयोजक दाहालले कप्तानजञ्जमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन आग्रह गरे । कप्तानगन्ज घटनामा भएको अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने उनको भनाइ