हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधामको बजार पूर्ण रूपमा बन्द गरिएको छ। सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोध गर्दै जनकपुरधामका स्थानीय हिन्दू युवाहरूले बिहानैदेखि प्रदर्शनमा उत्रिएर बजार बन्द गराएका हुन्। प्रदर्शनकारीहरूले नगरका मुख्य-मुख्य चोकहरूमा टायर बालेर सरकार र गृहमन्त्रीविरुद्ध कडा नाराबाजी गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा