काठमाडौँ : नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद यादवले नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन् । सांसद यादवले सुनसरी घटनालाई केवल एउटा घटनाका रूपमा मात्र नभई राज्यको सुरक्षा व्यवस्था र प्रशासनिक तयारीको गम्भीर असफलताको रूपमा चित्रण गरिन् । ‘नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन सक्दैन,’ उनले भनिन्, ‘हिजोका दिनमा यस्तै घटना हुँदा प्रधानमन्त्रीज्यूले अरूलाई नैतिक रूपमा असफल घोषणा गर्नुहुन्थ्यो, आज उहाँ स्वयं सरकारको ... The post प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ? : सांसद यादव appeared first on Kalika Khabar.