काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा कसको आदेशमा गोली चलाएको हो भन्दै प्रश्न गरेकी छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको बताएकाले कसको आदेशमा गोली चलेको हो भन्दै सरकारसमक्ष प्रश्न गरेकी छन्।उनले अनुसन्धान नै नसकी प्रधानमन्त्रीले प्रहरीको गोलीबाट मृत्यु भएको पुष्टि कसरी गरेर फेसबुकमा लेखेको भन्दै प्रश्न उठाइन्। ‘प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकमार्फत गोली प्रहरीबाट चलेको स्वीकार गर्नुभएको छ । यदि