सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग

  • बिहीबार १४ साउन २०८३ ०६:५५ AM
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीमा भएको घटनालाई लिएर सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसद यादवले उक्त घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् । सांसद यादवले सुनसरी घटनाले राज्यको सुरक्षा व्यवस्था, प्रशासनिक तयारी र सरकारको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको