जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण

  • बिहीबार १४ साउन २०८३ ०७:०७ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले जनजीविकाका विविध समस्या र सल्यान जिल्लाका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद मल्लले किसानले समयमै रासायनिक मल नपाएको र बजारमा खाना पकाउने ग्यासको आपूर्ति अत्यन्त न्युन रहेको बताए । उनले बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र फितलो सञ्चार सेवाका