रास्वपा सांसदको आरोपः सुनसरी घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजियो

  • बिहीबार १४ साउन २०८३ ०६:५६ AM
काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समिना मियाँले सुनसरी देवानगञ्ज घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजिएको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनालाई दलीय स्वार्थ पूर्तिका लागि प्रयोग नगर्न दलहरूलाई आग्रह गरिन् ।लामो समयदेखि मिलेर बसेका दुई समुदायका नागरिकबीच द्वन्द्व बढाएर राजनीतिक लाभ लिन खोज्नु गलत भएको उनको भनाइ थियो