‘भन्सार प्रशासनलाई कमजोर बनाउने कुनै पनि काम नहोस्’

  • बिहीबार १४ साउन २०८३ ०६:५१ AM
काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले भन्सार क्षेत्रमा सुशासन, राजस्व सुरक्षा र पारदर्शिता कायम गर्न लागू गरिएका सुधारात्मक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि निर्णय राष्ट्रहितविपरीत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्र्दै राजस्व चुहावट नियन्त्रण, पारदर्शिता अभिवृद्धि, उत्तरदायित्व सुनिश्चित तथा भन्सार प्रशासनमा सुशासन कायम गर्नुपर्ने लगायतका मागहरु अघि सारेको हो