लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गरे समिति गठन

  • बिहीबार १४ साउन २०८३ ०७:०९ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानका लागि वार्ता समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र