टोकियो । जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले बिहीबार मृत्युको पुष्टि गरेका हुन् । भूकम्पका कारण घर, विद्युत् प्रसारण लाइन तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ । उद्धारकर्मीहरू अझै भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा खटिएका छन् । सबैभन्दा ठुलो क्षति कासिमास्थित एइअन शपिङ मलमा भएको छ, जहाँ दोस्रो तलाको एक भाग भत्किँदा धेरै मानिस पुरिएका थिए । भूकम्प गएको करिब एक घण्टापछि सोही मलमा शक्तिशाली विस्फोट पनि भएको थियो । मलका ... The post जापानमा शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो appeared first on Kalika Khabar.