आज ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम

  • बिहीबार १४ साउन २०८३ ०५:२६ AM
काठमाडौँ : देशका ३२ भन्दा बढी जिल्लाका स-साना नदीहरूमा आज आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार कोशीका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा जिल्ला आसपासका नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको छ । बागमतीको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ आसपासका जिल्लामा मध्यम बाढीको जोखिम छ । गण्डकीको गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, कर्णालीको हुम्ला, सुदूपश्चिमको बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को मध्यम जोखिम रहेको ... The post आज ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम appeared first on Kalika Khabar.