देवानगन्ज संकटमा सरकारको खोजी, न प्रधानमन्त्री पुगे न गृहमन्त्री

  • बिहीबार १४ साउन २०८३ ०५:२२ AM
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा एउटा झन्डा हटाउने विषयबाट सुरु भएको विवाद साम्प्रदायिक तनावमा रूपान्तरण भएपछि स्थानीयले सबैभन्दा पहिले सरकारको उपस्थितिको अपेक्षा गरेका थिए। झडप, गोलीकाण्ड, आगजनी, तोडफोड, प्रदर्शन, कर्फ्यु र बाक्लो सुरक्षाकर्मी परिचालनका बीच