मलेसिया विश्व बैंकको उच्च आय भएको मुलुकको सूचीमा पर्ने संघारमा

  • बिहीबार १४ साउन २०८३ ०५:४९ AM
एजेन्सी । मलेसिया विश्व बैंकले निर्धारण गरेको उच्च आय भएको मुलुकको सूचीमा समावेश हुन आवश्यक मापदण्डको निकै नजिक पुगेको छ । मलेसियाका आर्थिक मामिला मन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले दिएको जानकारीअनुसार मलेसिया उक्त सीमाभन्दा अब मात्र ७.१ प्रतिशतले पछाडि रहेको छ । मन्त्री नासिरले सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको अर्थतन्त्र ५.८ प्रतिशतले विस्तार भएको