सरकारलाई कांग्रेसको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो ?

  • बिहीबार १४ साउन २०८३ १२:०१ PM
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद बासना थापाले सुनसरीमा नागरिकको ज्यान जाने गरी सुरक्षाकर्मीले गोली चलाउनु पर्ने अवस्था किन आयो ? भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले सुनसरीको कप्तानगञ्जमा सुरक्षाकर्मीले ओमप्रकाश मेहताको ज्यान जाने गरी किन गोली चलाउनु पर्‍यो भन्ने विषयमा सरकारले जवाफ दिनु पर्ने र जिम्मेवारी पनि लिनु पर्ने बताइन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको बताउँदै थापाले कुनै पनि वहानामा साम्प्र