मुगु : मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र पुलु माथिको पहिरो, तल कर्णालीको भेलले उच्च जोखिममा भएपछि पालिका केन्द्र अहिले भगवान्को भरोसामा रहेको छ।वर्षायाम सुरु भएसँगै ढुंगा खस्ने क्रम बढेपछि कर्मचारी र स्थानीयसमेत हरेक राति सुरक्षित स्थान खोज्नुपर्ने अवस्था आएको छ। माथिबाट पहिरो र ढुंगा खस्छ, तल कर्णालीको बहाव बढ्छ। कुन बेला ठूलो विपद् आउँछ भन्ने ठेगान हुँदैन स्थानीय समुदाय र कर्मचारीहरू भन्छन्, ‘अहिले त सबै कुरा भगवान् भरोसामा छ।माथिबाट खस्ने पहिरो र ढु