स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

  • बिहीबार १४ साउन २०८३ ०५:२४ AM
काठमाण्डु – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले डा.प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्। मन्त्री मेहताको उपस्थितिमा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। डा प्याकुरेल जनस्वास्थ्यविद् हुन्।