सिंहदरबारमा सजाउन प्रधानमन्त्री पद बनाइएको होइन : पद्मा अर्याल

  • बिहीबार १४ साउन २०८३ ०६:१४ AM
काठमाण्डु– नेकपा एमालेले सरकारले सुनसरीमा भएको दंगा नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा र दंगा नियन्त्रणमा भन्दा पनि आफैँ त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाएकी हुन् । उनले विगतमा यो भन्दा ठुला घटना टीकापुर, गौर, वीरगन्जलगायतका ठाउँमा ठुला घटना भएको स्मरण गर्दै