काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यस क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग निष्पक्ष छानबिनको माग गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले घटनामा एक स्थानीय युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै