शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

  • बिहीबार १४ साउन २०८३ ०६:१२ AM
काठमाडौं । नेकपा (एमाले) की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न असफल भएको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र त्यसमा एक जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकार