राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे सभामुख अर्याल

  • बिहीबार १४ साउन २०८३ ०४:१९ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान सभामुख आर्यालले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठक सभामुख अर्यालले राष्ट्रपतिसँग छलफल गरेका हुन् । यसअघि बुधबार रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग भेट गरेका थिए । The post राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे सभामुख अर्याल appeared first on Kalika Khabar.