काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ । १५ दिनपश्चात प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्न लागेको हो।आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।