कर्फ्युले रोकिएका २८९ सवारी साधनलाई स्कटिङ गरी गन्तव्यतर्फ पठाइयो

  • बिहीबार १४ साउन २०८३ ११:०१ AM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि जारी कर्फ्युका कारण अलपत्र परेका २८९ वटा सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु जारी गरेपछि सयौं यात्रु तथा मालवाहक सवारी साधन सुनसरीको पकली र सप्तरीको भारदह क्षेत्रमा रोकिएका थिए । अलपत्र परेका यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन प्रहरीले स्कटि