धनगढी । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन् । केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि ६५ मा बिक्री भइरहेको केरा उपभोक्ताले बजारमा अत्यधिक मूल्यमा किन्न