राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, के-के हुँदैछ छलफल ?

  • बिहीबार १४ साउन २०८३ ०५:०२ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय परिस्थिति तथा समसामयिक सुरक्षा विषयमा छलफल हुने जनाइएको छ । परिषद्को बैठकमा प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सहभागी रहने छन्