विराटनगर : जुत्ताको सोलभित्र लुकाएर कुरियरमार्फत जहाजबाट लागुऔषध ब्राउन सुगर काठमाडौं पठाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।विराटनगर विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागुऔषध फेला परेपछि विराटनगर–५ का २४ वर्षीय सुशान्त खड्कालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। मोरङका प्रहरी प्रमुख एसपी कटवालका अनुसार जुत्ताभित्रबाट १८ दशमलव ४८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । बुधबार साँझ करिब ७ बजेतिर विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्सपो एक्