सुकुम्बासी भन्छन्– ‘फुटपाथमा ल्याएकोमा सरकारलाई धन्यवाद’

  • बिहीबार १४ साउन २०८३ १०:०१ AM
काठमाडौं : विस्थापित भएपछि स्थायी बसोबासको व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न गर्दै सुकुम्बासीहरू फेरि माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। सरकारले डोजर लगाएर हटाएपछि उनीहरूको बिचल्ली भएको छ। उनीहरू घर न घाटका भएका छन्।सरकारले आफूहरूलाई बसोबासको व्यवस्था गर्नुको सट्टा फुटपाथमा पुर्‍याएको उनीहरूको गुनासो छ। ‘जनताले दुई तिहाइको मत दिएर सरकार बनाए। तर त्यही सरकारले हामीलाई फुटपाथमा ल्याइदियो,’ आन्दोलनमा सहभागी एक सुकुम्बासीले भने। वर्षौंदेखि श्रम गरेर कमाएको पैसाले घर बनाएको तर