काठमाडौं : कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन (निम्बज) बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (इसिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी)सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ।यस सहकार्यपछि कुमारीका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन