रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा

  • बिहीबार १४ साउन २०८३ ०३:५४ AM
जनकपुरधाम । सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण (ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन् । रोपाइँको महत्त्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् । गौशाला नगरपालिका १ का किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र नकटाझिज धनुषाले विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि ट्रान्सफर्मर जडान