दाङमा मलखाद बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

  • बिहीबार १४ साउन २०८३ ०३:५५ AM
काठमाडौं । दाङको गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम प्रक्रियाबाट प्राप्त ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको जीप अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ